Headlines News :
Home » » चीनले इन्धन दिने भनेको एकदिनपछि बंगलादेशबाट पनि आयो खुसीको खवर नेपाललाई सहयोग दिनेबारे बंगलादेशकी प्रधानमन्त्री हसिना पनि बोलिन्

चीनले इन्धन दिने भनेको एकदिनपछि बंगलादेशबाट पनि आयो खुसीको खवर नेपाललाई सहयोग दिनेबारे बंगलादेशकी प्रधानमन्त्री हसिना पनि बोलिन्

Written By donteatoffthesidewalk on Wednesday, November 18, 2015 | 5:42 AM

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले नेपाललाई परेको आपतकालीन सहयोग गर्न तयार रहेको जानकारी नेपाललाई गराएकी छिन् ।

ढाकास्थित नेपाली राजदुत हरिकुमार श्रेष्ठसँगको कुराकानीमा प्रधानमन्त्री हसिनाले भारतीय नाकाबन्दीका कारण उत्पन्न समस्या समाधानका लागि अत्यावश्यकीय सामग्री पठाउन आफ्नो देश तयार रहेको बताएकी हुन् ।
बंगलादेश, इन्धन, अन्य अत्यावश्यकीय बस्तु खाद्यान्न, औषधी लगायतका सामाग्री नेपाल पठाउन तयार रहेको जानकारी हसिनाले राजदुत श्रेष्ठसँगको भेटमा बताएकी थिइन् ।

नेपालले नाकाबन्दीका कारण चरम संकट उत्पन्न भएको भन्दै सहयोगका लागि गरेको आग्रहपछि बंगलादेशी प्रधानमन्त्रीले जस्तो सुकै सहयोगका लागि आफू तयार रहेको बताएकी हुन् ।

बंगलादेशबाट आउने सामान नेपाल भित्रिनका लागि भारतबाट अवरोध नहुने अपेक्षा पनि हसिनाले ब्यक्त गरेकी छिन् ।

यस अघि चीनले पनि नेपाललाई चाहिने आपतकालीन इन्धन उपलब्ध गराउन तयार रहेको बताइसकेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger