Headlines News :
Powered by Blogger.
 

WATCH OTHER NEWS

WATCH OTHER NEWS
Showing posts with label SPORTS NEWS. Show all posts
Showing posts with label SPORTS NEWS. Show all posts

यौन सम्पर्क राख्ने बेला श्रीमान सँग जहील्यै झगडा हुन्छ

 म ३३ वर्षको भएँ। मेरा श्रीमान् ३५ वर्षको हुनुहुन्छ। हाम्रो विवाह भएको ९ वर्ष भैसकेको छ। सुरु-सुरुमा मलाई यौनको विषय नै वाहियात लाग्थ्यो। अधिकांश यौनसम्पर्कमा झगडा हुन्थ्यो, तर हिजोआज मेरो श्रीमान्मा यौनइच्छा हुँदैन भने ममा बढी यौन इच्छा छ। जब म इच्छा राख्छु, उहाँले मुड छैन भनेर टार्नुहुन्छ। यही कारणले म निराश छु। यसको केही समाधान छ कि ?

        > यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन। तै पनि निकै कमले यौनको चरम आनन्द प्राप्त गर्छन्। यौनसन्तुष्टि प्राप्त गर्न केही सीप सिक्नु आवश्यक छ।
यौनसम्पर्क हुने जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। यौन चाहना प्राकृतिक कुरा मात्र नभै मनोवैज्ञानिक विषय पनि हो।
                 करूणा कुँवर, मनोविद
प्रश्न हेर्दा लाग्छ, तपाईं अहिले दुविधामा हुनुहुन्छ। यौनचाहनामा भिन्नताकै कारण तपाईंहरूबीचको यौन सम्बन्ध निराश भएको हो कि भन्ने बुझिन्छ। धेरैजसो व्यक्तिले महिलामा भन्दा पुरुषमा यौन इच्छा बढी हुन्छ भन्ने धारणा राख्छन्। महिलाहरू यौन चाहना वा भनौं यौनको विषयमा खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन्। वास्तवमा महिलामा पनि यौन चाहना हुन्छ, यो स्वाभाविक पनि हो।

प्रश्न पढ्दा तपाईंको श्रीमान्को यौन चाहना समयअनुसार कम हुँदै गएको हो कि भन्ने बुझिन्छ। सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। किनभने यो समस्याको स्रोत अनेक हुन सक्छ। तपाईंको श्रीमान् अहिले चिन्तामा हुनुहुन्छ कि भन्ने बुझिन्छ। दोस्रो, तपाईं र तपाइर्ंको श्रीमान् बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। एकअर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुनसक्छ वा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता कतिपय विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन्। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ।

तपाईको श्रीमानमा यौन निष्त्रिmयता सम्बन्धी कुनै समस्या हुनसक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधै बढी छ भने त्यो अस्वाभाविकचाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्वपूर्ण हो।

जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। कोही दैनिक यौन इच्छा राख्छन् भने कोही महिनामा एक दुई पटक। तपाईंहरू दुवैले कहिलेकाही हुने र सधंै हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन।

तपाईंको श्रीमान्मा कुनै खराबी छ भनेर सोच्नुभन्दा  तपाईंहरू दुबैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भन्नेतर्फ लाग्नु उचित हुन्छ। एकअर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। त्यसका लागि दुई जनाबीचको यौन चाहनालाई लिएर कुराकानी गर्ने, भावना साटासाट गर्नुपर्ने हुन्छ। आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, ठट्टा गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। विगतमा आफ्नो यौनको ज्ञानमा कमी भएको कुरालाई स्वीकार गर्दै अहिले यस विषयमा खुलेर कुरा गर्नुहोस्। श्रीमान्लाई आफ्नो शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु र उहाँको शरीरलाई पनि नियाल्ने र प्रशंसा गर्ने काम गर्नुहोस्। कुराकानी सकारात्मक पाटोबाट गर्नु उचित हुन्छ। एकअर्काका राम्रा पक्षका बारेमा गरिने चर्चाले एकअर्काबीचको सम्मान वृद्धि हुन्छ र यौन सम्बन्धमा पनि सुधार आउँछ।

१० मिनेट मै रुघा खोकी भगाउने सरल तरिका : थाहा पाईराखौ

दैनिक २० मिनेट शारीरिक ब्यायाम गर्ने मानिसमा रुघा खोकीको खतरा कम हुने दावी अनुसन्धानकर्ताहरुले गरेका छन् ।
हप्तामा साढे २ घण्टा ब्यायाम गर्दा रुघा खोकीको खतरा १० प्रतिशतले कम हुने उनीहरुको भनाइ छ ।
लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनले ४८०० जनामा गरेको अनुसन्धानबाट यस्तो नतिजा देखिएको हो ।
त्यसैगरी आगामी जाडो सिजनमा रुघा खोकीको समस्या अघिल्ला वर्षहरुमा भन्दा कम देखिने दावी पनि अनुसन्धानकर्ताहरुले गरेका छन् ।
चिकित्सकहरुले शारीरिक ब्यायम र स्वस्थ्यबीच देखिएको सम्बन्धले आफूहरु उत्साहित भएको पनि बताएका छन् ।
शारीरिक ब्यायाम निरन्तर गर्नाले रुघा खोकी मात्र नभएर अन्य रोगको संक्रमण पनि कम हुने उनीहरुको भनाइ छ ।

फिक्सिङको पैसामा यसरी मस्ती गर्थे खेलाडी

काठमाडौं– म्याच फिक्सिङमा संलग्न भएको प्रमाण फेला पारेपछि फुटबल प्रशिक्षक अन्जन केसी नेपाल प्रहरीको खोजी सूचिमा पहिलो नम्बरमा थिए । काठमाडौंमा प्रहरीले उनलाई खोजिरहँदा अन्जन भने सिक्किमको ‘महाजोंग’ क्यासिनोमा जुवा खेल्दै थिए ।
सिक्किमबाट फर्केको रात उनी साथीभाईसँग घरमै जमेका थिए । असोज २७ गते उनलाई समात्न उनको निवासमा पुग्दा प्रहरी तीन छक्क परे । कारण थियो, घरको गेट देखि वेडरुमसम्म ‘डबल ब्ल्याक लेबल’ का बोतलै–बोतल थिए । उनलाई पक्राउ गर्न पुगेका एक प्रहरी अधिकृत भन्छन्, ‘गेटदेखि बेडरुमसम्म महंगो ह्विस्कीका खाली बोतल यत्रतत्र थिए, हामी त दंग पर्यौँ ।’
Match-fixing
आफ्नो समयमा राम्रै खेलाडीको पहिचान बनाएका अन्जन पछिल्लो समय म्याच फिक्सिङको कालो धन लगानी गर्ने नयाँ गन्तव्यको खोजी गर्दै क्यासिनोमा पुगेका थिए । यसो त उनलाई पहिले नै क्यासिनो खेल्ने लत लागेको थियो । क्यासिनोमा लगानी गर्नेगरी अगाडि बढेपछि उनलाई गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ ले भित्री सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । क्यासिनोमा लगानी गर्न थालेपछि अञ्जनको परिचय फेरिसकेको थियो । उनी राम्रो जुवा खेल्ने ‘जुवाडे’ भैसकेका थिए तर नेपाली खेल प्रेमीहरुले उनलाई पूर्व खेलाडीको नाताले सम्मान गरिरहेका थिए ।
पूर्व खेलाडी विकास सिंह क्षेत्री पछिल्लो समय अन्जनसँगै क्यासिनो धाउन थालेका थिए । प्रहरी फन्दामा पर्नुअघि सिक्कीमको ‘महाजोंग’ क्यासिनोमा अन्जनसँगै विकास पनि गएका थिए । केसी र क्षेत्रीले फिक्सिङको सेटिङ मिलाएबापत पाउने अधिकतम रकम क्यसिनोमा लगानी गरेको प्रहरी स्रोतको भनाई छ ।
गौरवसँग मिलेर रेष्टुरेष्टमा लगानी
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका प्रशिक्षक तथा खेलाडीहरुले एन्फा अध्यक्ष गणेश थापाकै छोरासँग ललितपुरको एक रेष्टुरेष्टमा संयुक्त लगानी गरेको पाइएको छ । ललितपुरको झम्सिखेलमा रहेको ‘जि–४ ग्यारेज’ नामको रेष्टुराँमा गणेशका छोरा गौरव थापासँग मिलेर खेलाडीहरु सन्दीप राई, रितेश थापा र प्रशिक्षक केसीले लगानी गरेको उनीहरु स्वयंले स्वीकार गरेको प्रहरीले जनाएको छ । पार्टनरसीपमा लगानी गरेको स्वीकार गरेपनि ‘जि–४ ग्यारेज’ उनीहरुको नाममा दर्ता छैन । हाल सो रेष्टुरेण्टको नाम परिवर्तन भैसकेको पाइएको छ । फिक्सिङ आरोपमा पक्राउ परेका खेलाडीहरुको गौरवसँग राम्रो उठबस भएको देखियो छ । ‘पार्टनरसीपमा रेष्टुराँ खोल्नु सामान्य रिलेसन हैन,’ एन्फाका एक पदाधिकारीले भने ।
प्रहरीको भिडियो बयानमा खेलाडीहरुले प्रतियोगिता हार्ने शर्तमा पैसा लिएको स्वीकार गरेको र बैंकिङ कारोवारबाट समेत सो कुरा खुलेको भएपनि उनीहरुले ठुलो परिमाणमा देखिने गरी लगानी गरेको खुल्न सकेको छैन । त्यस्तोमा खेलाडीहरुले लाखौं रकम के गरे ? फिक्सिङबारे अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले भने, ‘परिश्रम बिना आएको पैसा हुनाले उनीहरुले मोजमस्तीमै उडाएको देखिन्छ ।’
सागर थापा केटी घुमाउँथे
घरमा श्रीमती र छोराछोरी भएपनि फुटबल कप्तान सागर थापाले युवती घुमाएर मस्ति गर्ने गरेका थिए । फिक्सिङ खेलेबापत पाउने अधिकांश पैसा थापाले दरबारमार्गका रेष्टुरेष्टमा खाएर तथा युवतीहरुसँग घुम्दै मस्ती गरेर उडाएका थिए । प्रहरी भन्छ, ‘श्रीमतीबाहेक बाहिर उनको गर्लफ्रेन्ड रहेको पाइयो । उनीहरुका लागि नै धेरै पैसा खर्च गरेको देखिन्छ ।’
खेलकुद परिषद् र एन्फाले दिएको पैसाले डाइट खान पनि पुग्दैन भन्दै आएका सागर महँगो कार चढ्थे । बालुवाटारको महँगो फ्ल्याटमा बस्दै आएका सागर प्रायः दरबारमार्गका महँगा रेष्टुराँहरुमा जान्थे । सिंगापुरियन म्याच फिक्सर ‘विल्सन’ लाई थापाले एकपटक दरबारमार्गमा भेटेका थिए । ‘विल्सन’लाई यसअघि विभीन्न देशका प्रहरीले समातेर नक्कली पासपोर्ट काण्डमा मुद्दा चलाएको नेपाल प्रहरीले दावी गरेको छ ।
फिक्सिङ खेलेबापत लाखौं रकम लिएका खेलाडीहरुले सो रकम मस्ति गरेरै उडाएका थिए । ‘उनीहरु ब्राण्डेड कपडा लगाउँथे, महँगा रेष्टुराँमा गएर रक्सी–मासु खान्थे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
फिक्सिङमा फसेका खेलाडीहरुले लगाउने एकजोर जुत्ताको १५–२० हजारसम्म पर्ने गरेको पाइएको छ । त्यस्तै उनीहरुले प्रायः एडिडास, रिबोक र नाइकजस्ता ब्राण्डेड कम्पिनीहरुका कपडा लगाउँदै आएका थिए ।
सबैभन्दा धेरै पैसा बुझ्ने अञ्जन
वेस्टर्न युनियन मनि ट्रान्सफर लगायतका बित्तीय संस्थाहरुका माध्यमबाट फिक्सरहरुले पठाएको मध्यै सबैभन्दा धेरै रकम अन्जन केसीले बुझेको प्रहरी अुनसन्धानबाट खुलेको छ । अन्य चार खेलाडी बाहेक अन्जनले थप दुई जना विदेशीसँग पैसा लिएका थिए ।
देखिने स्रोतबाट मात्रै अन्जनको नाममा १५ लाखको कारोबार देखिएको छ । ‘नदेखिने गरी समेत उनको नाममा विदेशी मुलुकबाट धेरै पैसा आएको हुनसक्छ,’ अनुन्धानमा संलग्न एक प्रहरीले भने ।
विदेशी फिक्सरहरुले पठाएको पैसा बुझ्नेमा अन्जनकी आमा शोभा केसी पनि मुछिएकी छिन् । शोभा केसीले एकपटक वेस्टर्न युनियन मनिट्रान्सफरमा गएर पैसा बुझेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । शोभाले ‘छोराले भनेपछि आफु पैसा निकाल्न गएको’ बयान प्रहरीसमक्ष दिएकी थिइन् ।
प्रायःजसो प्रतियोगिताहरुमा पाँच हजार डलरको दरले पैसा लिएको देखिएपनि सवै रकम वित्तिय संस्था मार्फत मात्रै नआएर हुण्डिबाट समेत आएको हुनसक्ने प्रहरी स्रोतको भनाई छ ।
विभिन्न १६ खेललाई प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ । अहिलेसम्म सवैभन्दा धेरै पैसा बुझेका अन्जनले बैंक लोनमा कार किनेको देखिएको छ । अर्का खेलाडी सन्दीप राई पनि कार चढ्छन् ।
टिटोनी र विल्सन म्याच फिक्सर
नेपाली खेलाडीहरुलाई पैसा पठाउने सिंगापुरियन नागरिक विल्सनराज र टिटोनीलाई मल्दवा प्रहरीले यसअघि नै म्याच फिक्सर प्रमाणीत गरिसकेको थियो । ती दुई नागरिकलाई यसअघिनै ‘म्याच फिक्सर’ भएको पुष्टि गर्दै मल्दवा प्रहरीले युरोपियन फुटबल संघलाई रिपोर्ट दिएको थियो । मल्दवा प्रहरीले सो रिपोर्ट नेपाल प्रहरीलाई पठाएको छ । टिटोनी र विल्सनले त्यतिबेला मल्दवा प्रहरी अधिकारीहरुलाई घुस खुवाउन खोजेको बताइएको छ ।
- 

मैदानमा ढलेर फुटबल खेलाडी गोमेजको मृत्यु..

ब्युनस आयर्स : बेलाबेलामा खेलका क्रममा मैदानमै ढलेर खेलाडीको मृत्यु हुनु, अब नौलो रहेन। यस्तै मैदानमै ढलेर खेलाडीको मृत्यु भएको अर्को घटना अर्जेन्टिनामा सार्वजनिक भएको छ। अर्जेन्टिनाको क्लब फुटबलका क्रममा मैदानमा ढलेका खेलाडी क्रिस्टियन गोमेजको मृत्यु भएको छ।


बी डिभिजन लिगअन्तर्गत बोका उनिडोसविरुद्धको खेलका क्रममा एटलेटिको पारानाका खेलाडी गोमेजको मत्यु भएको हो। २७ वर्षीय गोमेज खेल सुरु भएको आधा घन्टापछि मैदानमा ढलेका थिए। उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बोका उनिडोसका चिकित्सक मिगुएल डारले जानकारी दिएका छन्।

गोमेज एक्कासि मैदानमा लडेपछि टिमका साथीले उनको जर्सी खोलेर चिकित्सकलाई बोलाएका थिए। खेलका सुपरभाइजर रामोन गोमेजले खेलाडीको अप्रत्याशित निधन अविश्वसनीय र दु:खदायी भएको बताए। एक साताअघि मात्र अर्जेन्टिनाको लिग सुरु भएको हो।


गत मे १४ मा २१ वर्षीय इमानुएल ओर्टेगाको पनि मैदानमा लडेर मृत्यु भएपछि एक साताका लागि लिग रोकिएको थियो। एक साता रोकिएर सुरु भएको लिगमा फेरि अर्का खेलाडीको निधन भएपछि पुन: रोकावट आउने भएको छ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger