|
|
काठमाडौं–मधेस आन्दोलन, भूकम्प प्रभावितहरुको दुःखकष्ट र हत्याहिंसा र कालोबजारी अन्त्यको आह्वानसहित नागरिक सञ्जालले शनिबार राजधानीमा बृहत र्यालीको आयोजना गरेको छ ।
मध्यान्ह माइतिघरदेखि सुरु भएर संसद भवन नयाँ वानेश्वर नजिकसम्म भएको उक्त र्यालीमा युवादेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र बृद्धबृद्धा तथा विभिन्न पेशा व्यवसायमा संलग्न आम नागरिकहरुको सहभागिता रहेको थियो ।
ठूला राजनीतिक दलले संविधान जारी गर्ने प्रतिबद्धता जनाएर संविधान लागू गरेपनि त्यसमा सबै वर्गको अपनत्व स्वामित्व हुन नसकेको सहभागिहरुको दुखेको थियो । यस्तै दुखकष्ट र उनीहरुका जनजीवनका आधाभूत समस्यालाई वेवास्था गर्दै सरकारले नै कालोबजारीलाई बढावा दिएको आरोप लगाउँदै उनीहरुले दलहरु समस्याको समाधान भन्दापनि आफ्नै स्वार्थमा केन्द्रीत भएको आरोप लगाएका थिए ।
र्यालीमा सहभागि युवा आषिश वैद्यले काठमाडौंका जनता पनि मधेसँगै रहेको ब ताउँदै तर यो कुरा मधेसी जनतासँग नपुगेको बताए । यस्तै देश संकटमा फस्दा पनि राज्य भएको जस्तो महसुश हुन नसकेको प्रति दुखेसो प्रकट गर्दै सरकारलाई अहिलेसम्म आन्तरिक समस्या समाधान गर्न मौका दिएपनि त्यो सम्भव नभएपछि सरकारलाई घच्घच्याउन आफूहरु घरबाहिर निस्किएको बताए ।
यस्तै अर्का युवाले मधेसमा ५० जना मान्छे मरिसक्दा पनि सरकारको प्रतिनिधि पुग्न नसक्नु दुखद भएको बताएका थिए ।
र्यालीमा विभिन्न प्लेकार्ड र ब्यानरसहित आम नागरिक नाराबाजीसहित सहभागि भएका थिए ।












यस्तै अर्का युवाले मधेसमा ५० जना मान्छे मरिसक्दा पनि सरकारको प्रतिनिधि पुग्न नसक्नु दुखद भएको बताएका थिए ।
र्यालीमा विभिन्न प्लेकार्ड र ब्यानरसहित आम नागरिक नाराबाजीसहित सहभागि भएका थिए ।
|
|
Post a Comment