Headlines News :
Home » » यी ५ टिप्स अपनाउनुस्, आफ्नो ल्यापटप सुरक्षित राख्नुस्

यी ५ टिप्स अपनाउनुस्, आफ्नो ल्यापटप सुरक्षित राख्नुस्

Written By donteatoffthesidewalk on Monday, November 16, 2015 | 3:35 AM

कुविक एनपी न्युज
कुनै यात्राका क्रममा झोलामा ल्यापटप बोक्नु आवश्यक मात्र भएको छैन एउटा ट्रेण्ड नै बनेको छ । तर महंगो चिजवस्तु हुनुको नाताले यसको सुरक्षाको विषय निकै संवेदनशील हुने गर्छ । घरमा होस् वा यात्रामा, आफ्नो महत्वपूर्ण प्रयोगको वस्तु ल्यापटपको सुरक्षालाई प्राथमिकता दिनैपर्छ । यसका लागि निम्न ५ टिप्स उपयोगी हुन सक्छन्ः
· प्याडेड कभरः यात्रामा विभिन्न उतारचढाव आउन सक्छन् । त्यसैले त्यस्ता कठिनाइ तथा कठीन परिस्थितिमा ल्यापटपलाई सुरक्षित राख्नका लागि ल्यापटपलाई सुरक्षित खोलमा राख्नु आवश्यक हुन्छ । सामान्य खाले कभरमा राख्दा ल्यापटप सुरक्षित हुन सक्दैन । त्यसैले ल्यापटपलाई प्याडेड कभरमै राख्नुपर्छ । बजारमा विभिन्न खाले गुणस्तरीय ल्यापटप ब्याग तथा कभरहहरु उपलब्ध छन् ।

· आद्रता र तापः ल्यापटप यस्तो मेसिन हो जुन आद्रता अर्थात् ओसिलोपना र तापबाट छिटै प्रभावित हुन्छ । त्यसैले ल्यापटपलाई बढि तातो ठाउँमा नराख्नुस् । हिट एण्ड ह्युमिडिटी मिटर खरीद गर्दा राम्रो हुन्छ र ल्यापटप स्टाब्लाइजरको पनि प्रयोग गर्नुहोस् ।

· चोरबाट बचाउनुहोस्ः तपाइँकेा ल्यापटप कुनै चोरको नजरमा पर्नसक्छ । त्यसैले ल्यापटप बोकेर हिँड्दा होस् वा कुनै ठाउँमा राखेर छाड्दा निकै होस पूराउनुपर्छ । कुनै झोलामा राखेर वा बाहिरै लापरवाही ढंगले ल्यापटप छाड्नु हुँदैन ।

· पब्लिक वाइफाइबाच बच्नुहोस्ः सार्वजनिक स्थानमा ल्यापटप प्रयोग गर्दा वाइफाइ सिग्नल देखियो भने कति खुसी होइन्छ । तर उक्त वाइफाइको प्रयोग गर्नुअघि होसियार हुनुस् । सार्वजनिक रुपमा उपलब्ध यस्तो वाइफाइ ह्याकर्सले छाडेको हुनसक्छ । ता की ह्याकरले तपाइँको कम्प्युटरमा भाइरस हालिदिएर तपाइँको डाटा चोर्नसक्छ।

· सुरक्षाः तपाइँको ल्यापटप हरायो भने तपाइँको महत्वपूर्ण डाटा, पूराना तस्वीरहरु पनि हराउँछन् । त्यसैले ल्यापटप लिएर यात्रामा निस्कनुअघि सबै डाटा हार्ड डिस्कमा सेभ गर्नुस् । जसका कारण तपाइँको ल्यापट चोरी भइहालेमा पनि डाटाहरु आफैसँग हुनेछन् । अति गोप्य कुराहरु ल्यापटपमा नराख्नु नै राम्रो होला ।एजेन्सी
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger