Headlines News :
Home » » मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण जनताका घरमा चुलो निभेका बेला प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा भने भोजभतेर र खाजा नास्तामा मात्रै साढे १२ लाख रुपैयाँ खर्च भएको छ ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण जनताका घरमा चुलो निभेका बेला प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा भने भोजभतेर र खाजा नास्तामा मात्रै साढे १२ लाख रुपैयाँ खर्च भएको छ ।

Written By donteatoffthesidewalk on Tuesday, November 24, 2015 | 1:19 AM

Kp oli Kharcha 1
८ मंसिर, काठमाडौं । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण जनताका घरमा चुलो निभेका बेला प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा भने भोजभतेर र खाजा नास्तामा मात्रै साढे १२ लाख रुपैयाँ खर्च भएको छ ।
बालुवाटारमा विभिन्न समयमा बसेका बैठकमा खाजा-नास्ताबापत १२ लाख ६१ हजार १ सय ८९ खर्च भएको हो । उक्त रकम भुक्तानीका लागि प्रधानमन्त्रीको कार्यालयले मंगलबार बिल पेस गरेको छ ।
अनमोल क्याटि्रङ सर्भिसले भुक्तानीका लागि निदेवन दिएपछि प्रधानमन्त्रीको कार्यालयले खाजा खर्चको यस्तो बिल वेबसाइटमार्फत् सार्वजानिक गरेको हो ।
एक महिनामा १ लाख २८ हजारको पत्रिका ?
प्रधानमन्त्री ओलीले कात्तिक महिनामा १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । आचार्य ट्रेडर एण्ड सप्लायर्स प्रालि.ले एक महिनामै यति ठूलो रकम बराबरको पत्रपत्रिकाको बिल पेश गरेको छ । जबकि कात्तिकमा दसैं तिहार परेकाले पत्रपत्रिका खासै निस्कँदैनन् ।
सवा लाखको आइप्याड !
त्यस्तै, प्रधानमन्त्री कार्यालयले १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पलको आइप्याड किनेको छ । सो आइप्याड प्रधानमन्त्री ओलीका लागि किनिएको हो या अरु कसैका लागि भन्ने खुलेको छैन । ओलीलाई आइप्याड बेच्ने ग्लोबल लिंक टेक्नोलोजीले सोमबार भुक्तानी माग्दै बिल पेस गरेको छ ।
त्यसैगरी बालुवाटारमा १ लाख ४८ हजार ४ सय ३८ रुपैयाँ बराबरको आल्मुनियमको पार्टेसन गरेको बिल पनि प्रधानमन्त्री कार्यालयले पेस गरेको छ । त्यस्तै, मन्त्रिपरिषदको लोगो तथा ब्याच किन्न ५९ हजार ३ सय ५८ रुपैयाँ खर्च गरिएको छ ।
त्यस्तै उद्योग मन्त्री सोमनाथ पाण्डेसहितको टोली पाल्पा र रुपन्देहीको १ लाख ७ हजार ५ सय ४५ रुपैयाँ खर्च गरेका छन् भने युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको रुपन्देही भ्रमणमा ३५ हजार ५ सय ९० रुपैयाँ खर्च भएको बिल पेस भएको छ ।
मन्त्रीको सम्पत्ति अहिलेसम्म गोप्य
प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म सार्वजानिक भएको छैन । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ४५ दिन नाघ्यो । तर, उनी र उनको सरकारमा सहभागी मन्त्रीहरुको सम्पत्ति विवरण अझैसम्म सार्वजानिक गरिएको छैन । एमाओवादीले आचार संहिता जारी गर्दै तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्ने भने पनि एमाओवादीका मन्त्रीले पनि आफ्नो सम्पत्ति अहिलेसम्म गोप्य राखेका छन् ।
- 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger