Headlines News :
Home » » सभामुखले उपेन्द्र यादवलाई बोल्न दिएपछि संसदमा कांग्रेसको अवरोध -

सभामुखले उपेन्द्र यादवलाई बोल्न दिएपछि संसदमा कांग्रेसको अवरोध -

Written By donteatoffthesidewalk on Thursday, November 26, 2015 | 1:26 AM

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रतिपक्षी र मधेसी दलको अवरोधका कारण अवरुद्ध भएको छ ।
बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर बोल्न पाऊँ भन्दै संसदीय प्रक्रियामा अवरोध पु¥याएका थिए ।
सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न दिएपछि काँग्रेसका सांसद्ले पहिला आफूहरुले बोल्न पाउनुपर्ने भन्दै उठेर होहल्ला गरेका थिए ।
यादवले भनाइ राखेसँगै मधेसी दलबाट बैठकमा नाराबाजी हुने स्थिति भएकाले काँग्रेस सांसदहरुले आफूहरुले पहिला बोल्न पाउनुपर्ने जिकिर गरेका थिए । हात उठाएपछि दलीय आधारमा पालैपालो सबै सांसदलाई बोल्न दिइने भएकाले त्यतातर्फ टिप्पणी नगरी आफ्नो स्थान ग्रहण गरेर सहयोग गर्न सभामुख घर्तीले आग्रह गरे ।
सभामुख घर्तीले बोल्न समय दिने आफ्नो अधिकार भएको र विधिअनुसार समय दिइएकाले अवरोध नगर्न आग्रह गर्दागर्दै पनि सांसद्ले नमानेपछि बैठक स्थगन हुन पुगेको हो ।
काँग्रेसका सांसद्हरुले दलीय आधारको औचित्य सिद्ध गर्न र कसलाई पहिला बोल्न दिने भन्ने स्पष्ट पार्न माग गरेका थिए । यसबीचमा सरकारलाई समर्थन गरिरहेको नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि बोल्न पाऊँ भन्दै समय माग गरेका थिए ।
संविधानमा असन्तुष्ट मधेसी दलको अवरोधका कारण यसअघिका संसद्का बैठक पनि अवरोध हुँदै आएको थियो । संसद्को अर्का बैठक यही मङ्सिर १५ गते बिहान ११ बजे बस्नेछ ।
- 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger