|
|
काठमाडौं– मधेसी मोर्चा र प्रमुख दलका शीर्ष नेताहरुबीच भोलि (बुधबार) निर्णयक वार्ता हुने भएको छ । मधेसी मोर्चासँग वार्ता गर्न गठित उच्चस्तरीय समितिका संयोजक प्रचण्डले मधेसी दल, कांग्रेस , प्रधानमन्त्री केपी शर्माओली लगायतसँग परामर्श गरेर भोलिको लागि निर्णायक वार्ता बोलाएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सबै पक्षसँग छलफल गरेर प्रचण्डले नयाँ प्रस्ताव अघि सारेका छन् । सो प्रस्तावमा मधेसी मोर्चा सकारात्मक रहेको बुझिएको छ । उनले सोमबार भएको मधेसी मोर्चासँगको विभिन्न चरको छलफलमा सहमतिका लागि साझाविन्दु प्रस्ताव गरेको र सो प्रस्तावमा मोर्चाका नेताहरु पनि सकारात्मक बनेका हुन् ।
दुई दिनयता भएका निरन्तरको छलफलमा हालको प्रदेश २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारू बहुल बस्ती छुटयाएर बाँकीलाई पहाडसँग मिलाउने, झापा र कञ्चनपुरलाई विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत टुंग्याउने, मोरङ र सुनसरीको जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा, मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउने प्रचण्डले प्रस्ताव गरेका हुन् ।

मोर्चा सो प्रस्तावमा सकारात्मक भएसँगै वार्ताको मिति तय भएको हो ।
तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले समस्या समाधानका लागि विभिन्न विकल्प प्रचण्डले प्रस्तुत गरेको जानकारी दिँदै सबै विकल्प वार्ताको टेवलमा ल्याउन आफूहरुले आग्रह गरेको बताए। उनले माग पूरा नभएमा भने थप आन्दोलन गर्ने चेतावनी दिए ।

लामो समय आन्दोलन हुँदा देशमा थप संकट हुने भएकाले सबै पक्षलाई मिलाएर अघि बढ्दा नै हितकर हुने दलीय निश्कर्षअनुसार प्रचण्ड सहमति जुटाउन जोडतोडले लागिपरेको उनको सचिवालयले जनाएको छ ।
-
|
|
Post a Comment