Headlines News :
Home » » नेपालमाथि नाकाबन्दीको विषयमा भारतको संसदमा हंगामा मोदीको कठोर आलोचना पछि यो विषयमा बोल्न नै प्रतिबन्ध लगाइयो

नेपालमाथि नाकाबन्दीको विषयमा भारतको संसदमा हंगामा मोदीको कठोर आलोचना पछि यो विषयमा बोल्न नै प्रतिबन्ध लगाइयो

Written By donteatoffthesidewalk on Monday, November 30, 2015 | 5:45 AM

नेपालमाथि भारतले लगाएको नाकाबन्दीपछि भारतमा पनि यो विषयले उच्च महत्व पाएको छ ।

नेपालमा भारत विरोधी भावना बढेको भन्दै भारतीय सांसदहरुले मोदी सरकारको आलोचना गर्न थालेपछि संसदमा यो विषयको छलफलमा नै प्रतिबन्ध लगाइएको छ ।

सोमबार हिँउदे अधिवेशनको शुरुमै लोकसभामा सरकारमाथि आक्रामकरुपमा प्रस्तुत भएको भारतीय कांग्रेसले मोदी सरकारको आलोचना गर्न नेपालको विषयलाई समेत मसला बनाएको छ । तर लोकसभाका सभामुख सुमिा महाजजनले यो विषयमा बोल्न नै प्रतिबन्ध लगाएर कार्यसूची अघि बढाएकी थिइन् ।

कांग्रेस मात्र नभएर अन्य साना दलले समेत नेपालको विषयमा कुरा उठाएका छन् । मोदी सरकारले नेपालमा भारत विरोधी भावना बढाएको भन्दै मोदीको चर्को आलोचना भएको छ ।

आरजेडीका सांसद राजेश राजन, काँग्रेसका सभासद एम भिरप्पा मोइली लगायतले नेपालमा बढेको भारत विरोधी भावनाबारे बोलेपछि सुमित्राले यो विषयमा बोल्न प्रतिबन्ध लगाएकी हुन् ।

यस अघि नेपाल भारत सीमामा देखिएको असहजता, नेपालमा उत्पन्न मानवीय संकट र मधेस आन्दोलन सहितका विषयमा भारतमा पहिलो पटक संसदीय समितिको बैठकमा छलफल भएको थियो ।

काग्रेस आईका बरिष्ठ नेता करण सिंहले विदेशमन्त्री शुष्मा स्वराजलाई आफूले स्पष्ट रुपमा नेपालमा किन नाकाबन्दी गरेको भनि प्रश्न गरेका थिए ।

भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सबादी) महासचिव सीताराम ऐचुरीले पनि नेपालको पीडामा चुप लागेर बस्न नसक्ने भन्दै नेपालको मुद्दा संसदमा दह्रो ढंगले उठाउने प्रतिबता ब्यक्त गरेका थिए । उनले नेपालमा जारी समस्या संबादबाटै तत्काल टुङग्याउन समेत सुझाव दिएका थिए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger